Saturday, November 27, 2010

उसकै अगाडी लुटीइन् उनि, जुन मौन रह्यो
बर्दीधारी रहेछ लुटेरा, खुन मौन रह्यो

सभामा सहिदको यहाँसम्म निन्दा गरियो
उसले देशलाई लगाएको गुन मौन रह्यो ...

हिजो अहम र स्वाभिमानको झगडा भयो रे
मलाइ राम्ररी थाहा छ कुन मौन रह्यो

झुपडीमा तीउन अलिनै निलिन्छ रे
बुझेपछि भन्सारमा नुन मौन रह्यो

उसकै लागि अबोध बालक काटिएछ
थाहा पाएर दराजको सुन मौन रह्यो

मेरो जग्गाको पुर्जा उसले देखायो
गुहार्न त गुहारें, कानुन मौन रह्यो

No comments:

Post a Comment