Saturday, April 28, 2012



भेट हुँदा नजर जुधाई लजाउँदा तिमी

फुल फुले जस्तो लाग्छ मुस्कुराउँदा तिमी 



प्रिय तिम्रो मुहारमा यस्तो तेज लुकेको छ 

सुर्य पनि फिक्का हुन्छ उदाउँदा तिमी 



इन्द्रलोकका परीलाई माथ गर्ने जस्ती 

अहो! नयनमाथि गाजल लगाउँदा तिमी



आफु जस्तै देखेर माथि बाट जुनले

छक्क पर्दै हेर्ने गर्छ निदाउँदा तिमी

No comments:

Post a Comment