Wednesday, August 18, 2010

कसरी सहुँ यो जीवनमा अरु नै
मनमा तिमी छौ, तनमा अरु नै

कस्तो बिडम्बना दियो जिन्दगीले
बाचामा तिमी, बन्धनमा अरु नै

घन्टौं बिताउथ्यौ मेरो अंगालोमा
आज छ त्यहि आसनमा अरु नै

चुरा बजाउंदै आउथ्यौ लजाउंदै
सुन्छु त्यहि छनछनमा अरु नै

मनमा त तिम्रै नाम लेखेको थिएँ
जुर्यो कसरी लगनमा अरु नै

No comments:

Post a Comment