Wednesday, August 18, 2010

रित्तिएको भकारिले बिद्रोही बनाउँदो रहेछ
आजकल इमान्दारीले बिद्रोही बनाउँदो रहेछ

हजारौं जोशिला युवाहरु बरालिएका छन् यहाँ
त्यसैले बेरोजगारीले बिद्रोही बनाउँदो रहेछ

बिहे गरेकै वर्षमा पुछियो सिउँदो बिचरीको
अरुको रातो सारीले बिद्रोही बनाउँदो रहेछ

बोकेर कहिल्यै सिद्धिएन भरिया दाइको दुख
उनलाई त भारीले बिद्रोही बनाउँदो रहेछ

जवान भएका छोराहरु बेपत्ता पारिए पछी
बाँजो रहेको बारीले बिद्रोही बनाउँदो रहेछ

No comments:

Post a Comment