Sunday, August 15, 2010

थाहा छ सिंहदरबारमा मोज हुने गर्छ
एक दुइ दिन हैन हर रोज हुने गर्छ

एकले अर्कालाई फलाक्ने त मन्चमा हो
पर्दा पछाडी त सधैं सहभोज हुने गर्छ

खुवाउँछ, पिलाउँछ कसरि पो समात्नु खै?
ड्युटीमा मात्र पो फरारको खोज हुने गर्छ

देश अनि देशभक्ति भासणमा सुन्नुस् त !
विदेशी मित्रका सामु त्यहि बोझ हुने गर्छ

No comments:

Post a Comment