Sunday, August 15, 2010

दाजु भाइमै मन-मुटाव भैरहन्छ
किन हो किन यहाँ तनाब भैरहन्छ

थानामा अपराधीले प्रहरी कुटछन् रे
भन्छन माथिबाट दबाब भैरहन्छ

सृस्टी नै बेइमानी भएपछी के लाग्छ र?
हजारमा एक त खराब भैरहन्छ

पुर्ख्यौली ऋण नतिरी मरे साहिंला दाइ
कहिलेइ नटुंगिने हिसाब भैरहन्छ

हारेर कहिलेइ थाक्दैनन् हाम्रा नेताहरु
जबसम्म जित्दैनन् चुनाब भैरहन्छ

No comments:

Post a Comment